बालविवाह गर्ने जोडी विवाह मण्डपबाटै पक्राउ

Posted on: 12 Mar, 2020

फागुन २९, दाङ | दाङमा बालविवाह गरिरहेका जोडीलाई प्रहरीले विवाह मण्डपबा पक्राउ गरेको छ | 

मंगलबार जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारका ३० बर्षीय कृष्णबहादुर केसीले सोही नगरपालिका–१४ की १८ बर्षीया किशोरीसँग विवाह गर्न लागेका थिए | स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले विवाह मण्डपमै पुगेर विवाह रोकेको जनाएको छ | 

 बेहुलीका बाबुलाई र बेहुलालाई नियन्त्रणमा लिई बालविवाह विरुद्धको मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जनकारी दिए | 

बेहुलीलाई बुधवार आमाको जिम्मा लगाई घर पठाईएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!