विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने,यस्तो छ सूचना

Posted on: 13 Mar, 2020

फागुन ३०, काठमाडौँ | कोरोनाभाइरस(कोभिड-१९)को .संक्रमण फैलिन नदिनका लागि अध्यागमन विभागले विदेशबाट आउने नागरिकलाई क्वारेन्टाइनमा बस्नुपर्ने बताएको छ | शुक्रबार विभागले एक सुचना जारी गर्दै  विविन्न उदेश्यले नेपाल प्रवेश गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकहरुले नेपाल आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने बताएको हो | 

कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ निषेध गरिएको विभागले जनाएको छ |  पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ  भने,गैरआवासीय नेपालीकालागि पनि उक्त प्रावधान लागुहुने छ |

शनिबार देखि नेपाल प्रवेश गर्ने नेपाली नागरिक वा विदेशी नागरिकले नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागको भनाई छ | यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी पनि नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने  भएको छ |

 शनिबार मध्यरातदेखि आगामी अप्रिल ३० सम्मका लागि लागु हुने उक्त प्रावधान अनुसार स्थलमार्गबाट तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ भने उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र नेपाल भित्रिने एकमात्र नाकाका रुपमा तोकिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!