रुखबाट खसेर एक जना घाईते, उपचारमा आर्थिक अभाव

Posted on: 13 Mar, 2020

शिला पाण्डे ,पर्बत

जिल्लाको फलेवास नगरपालिका ११ पाङराङ घर भएका गणेश नेपाली (सुके)रुखबाट खसेर जीवन र मरणको दोसादमा परेका छन। नेपालीको फाल्गुन १५गते घाँस काट्न गएकाबेला रुख बाट लडेर टाउको र जिउमा चोट लागेको जनाइएको छ।

बिहान् बेलुका निभेक गरेर आफ्नो परिवार पाल्दै आएका नेपाली यतिबेला अस्पतालको सैयाबाट  जीवन बचाइदिन अपिल गरेको उनका भाइ सुर्य नेपालिले बताएका छ्न।नेपालीलाई अहिले पोखरा स्थित मणिपाल शिक्षण अस्पताल आइसियुमा राखेर उपचार गराइएको छ।

घरको आर्थिक अबस्था निकै नै कमजोर भएकाले सबैलाइ सहयोग गर्दिनको लागि घर परिवारले अपिल गरेको र थप उपचार गर्नको लागि  आर्थिक अभावका कारण समस्या भएको जनाइएको छ।  


नेपालिको परिवार सामान्य कृषि पेशा अंगाल्दे आएको र घरको आर्थिक अवस्था दयनिय रहेका कारण ठूलो रकम खर्च गरेर उपचार गराउन कठिन भएको उहाँका भाइ सुर्य नेपालीले जानकारी दिनुभयो । शरिरको विभिन्न अङ्गमा  निकै नै समस्या देखिए पश्चात्  पर्बत जिल्ला अस्पतालले    थप उपचारको लागि पोखरा पठाइएको थियो । सहयोगको लागि भाइ सुर्य नेपाली 9808493118

यस बिषयमा तपाइको प्रतिक्रिया...!