कुश्म नगरपालिका ११ को महिला संघको अध्यक्षमा शान्ती मल्ल

Posted on: 19 Mar, 2020



पर्बत जिल्लाका विभिन्न वडाहरुमा नेपाली काङ्ग्रेसको भात्री सङ्गठ्न महिला संघ गठन कार्य भब्यताका साथ सन्चालन भैरहेका बेला कुश्मा नगरपालिका ११पकुवामा आज एक भेलाले  महिला संघ गठन गरेको छ। महिला संघ पर्बतका  कार्यबाहक अध्यक्ष मुना शर्मा लामिछानेको पहलमा उक्त समिती आज गठन गरिएको हो। समितिमा शान्ती मल्लको अध्यक्षतामा ११सदस्य समिती गठ्न गरिएको छ।

जस्मा उपाध्यक्ष, सचिब पार्बती गिरि,काेषाध्यक्ष कौशिला छेत्री ,सदस्यहरुमा सरिता पौडेल ,नारायणी रिमाल,नतन देबि शर्मा,देबि पौडेल ,कमला छेत्री ,र लक्षिमि रिमाल रहेका छ्न। उक्त समितिलाइ महिला सघ पर्बतका अध्यक्ष मुना शर्मा लामिछानेले माइनट हस्तान्तरण गर्दै महिलाहरू अब शसक्त रूपमा राजनितीमा आउनु   पर्छ ।

महिला संघ नै महिलाहरूकाे अभिबाबक हो भन्दै महिलाहरूले क्षमताकाे बिकास गर्दै नेतृत्ब लिनु पर्ने र परीचालित महिलाहरूले भन्दा स्बचालिस महिलाहरूले अब राजनितिमा अबसर पाँउनु पर्ने बताउनु भयो। उक्त भेलामा नेपाली काङ्ग्रेसका क्षेत्रीय काेषाध्यक्ष रमेश बम मल्ल, वडा  सभापति हर्क बहादुर मल्ल, वडा सचिब लक्षुमण के सि  लगाएतको सहभागी रहेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!