भरतपुर कोरोना विशेष अस्पताल आजदेखि सञ्चालन हुँदै

Posted on: 20 Mar, 2020

चैत ७, चितवन | कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिइन् । 

७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताउँदै प्रमुख दाहालले भनिन्, “अहिलेलाई ओपीडी सेवा हुनेछ । त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!