स्वास्थ्यकर्मीका लागि रक्षात्मक कवच (PPE) उत्पादन गर्दैछन् महावीर पुन

Posted on: 24 Mar, 2020

चैत ११, काठमाडौँ | सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्यकर्मीका लागि आवश्यक रक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) सिलाउने काम गरिरहेको जानकारी दिएका छन् । 

कोरोना भाइरस (कोभिड-१९) को विश्व महामारीको समयमा विभिन्न अस्पतालहरुबाट आएको माग अनुसार पीपीई सिलाउने कारिगर आवश्यक परेको भन्दै उनले आज फेसबुक पोष्ट गरेका थिए । त्यसको केहि घण्टामा उनले सिलाई गर्ने कारिगर पनि पाएको जानकारी दिएका छन् । 

पुनले अस्पतालहरुलाई अति नै आबश्यक परेको पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट टिचिंग अस्पताल काठमाडौँ र बि.पी. अस्पताल धरानबाट माग भए बमोजिम राष्ट्रिय आविष्कार केन्द्रले उक्त ड्रेसहरु तयार गर्ने क्रममा रहेको जनाएका छन् । उनले ड्रेस निर्माणको लागि ड्रेसको डिजाईन आविष्कार केन्द्रमा बन्दै गरेको बताएका छन्  । उनका अनुसार करिब ४०० वटा जति ड्रेस बनाउन सकिने समान पनि भर्खरै उपलब्ध भएको जानकारी दिएका छन् । 

पुनले कोरोना भाइरसको महामारीको पुर्वतयारी स्वरूप एक हजार भन्दा बढी पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट सिलाउने लक्ष्य लिएको भए पनि आफूसंग भएकोबाट ३/४ सय मात्र बन्न सक्ने र थप आवश्यक म्याटरियल खोजिरहेको साझा सबाललाई बताएका छन् ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!