काठमाडौँमा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन थालियो

Posted on: 26 Mar, 2020

चैत १३, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।

बढी भीडभाड हुने वीरअस्पताल, भित्री सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको छ ।

काठमाडौँ महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!