१९ बर्षीय संक्रमित युवतीको परिवारमा कोरोना भाइरस भेटिएन

Posted on: 28 Mar, 2020

चैत १५, काठमाडौँ | नेपालमा दोश्रो कोरोना संक्रमित १९ बर्षीय कोशोरीको परिवारमा कोरोनाको नेगेटिभ रिपोर्ट आएको छ  । 

टेकुको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षण भएको हो । संक्रमित किशोरीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनलाई पुन: परीक्षण गरि नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार संक्रमित किशोरीको स्वास्थ्य अवस्था सामान्य छ । शुक्रबार कोरोना संक्रमित १९ बर्षीय किशोरीलाई डिस्चार्ज गरिएको भन्ने खबर फैलिएको थियो तर अस्पतालले उनलाई अझै आइसोलेसनमा राखेर उपचार गरिरहेको बताएको छ ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना संक्रमण देखिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!