गुल्मीमा अदालत प्रति जनआश्था बढ्दो

Posted on: 17 Jul, 2016

प्रेम सुनार | साउन–२. गुल्मी ।  केहि वर्ष अघि सम्म गाउँकै भद्रभलादमी नै आफ्नो अदालत ठान्थे सर्वसाधरणहरु । अदालत जानु भनेको पैसाको खोलो बगाउँदा बगाउँदा थाक्दै जितेर पनि हार्नु मान्थे । यसर्थ पनि त्यता जानुको साटो यतै गाउँमा ठिक ठानेर वलात्कार, हत्या जस्ता जघन्य अपराध समेत झ्यासमिस हुन्थे गाउँमैं ।

तर अहिले अवस्था त्यो छैन् ।  सुरुमा प्रहरी, प्रशासनको ढोका ढ्क्ढकाउने त्यहाँबाट पनि न्याय नपाए वा पाउन नमिल्ने अवस्था आए अदालतमा जाने क्रम बढ्दो छ । आज गुल्मी जिल्ला अदालतले  सार्वजानिक गरेको मुद्धा तर्फको ३ वर्षे तुलानात्मक विवरणलाई दृष्टिगतलाई ध्यानमा राख्दा अदालत प्रति जनआश्था बढ्दै गएको देखिएको छ ।

सामन्य प्रकृतिका मुद्धा जो समाज र प्रहरी प्रशासनकै सहजीकरणमा मिल्न सक्ने झैझगडा , साँध–सिमना, लेनदेन जस्ता मुद्धाहरु  पनि अदालत मै आउन थालेको पाईएको छ । अदालतले पत्रकार भेटघाट  गरी सार्वजानिक गरेको विवरण अुनुसार आर्थिक वर्ष २०७०÷०७१ मा ३  सय ६१ थान मुद्धा दर्ता भएका थिए । २०७१÷०७२ मा ३ सय ८४ थान परेका थिए भने यस आर्थिक वर्षमा बढेर ४ सय ९ थान पुगेका छन् ।

विगतका वर्षहरुको तुलनामा मुद्धा पर्छयौटमा हुने ढिला सुस्ती र झण्झटीलो पनि हड्दै गएको पाईएको छ । यस आर्थिक वर्षमा अघिल्लो वर्षबाट जिम्मेवारी सारिएका ८७ थान, नयाँ ३ सय २२ थान सहित कुल ४ सय ९ थान मध्ये ३ सय १३ थान अर्थात कुल मुद्धाको ७२.५२ प्रतिशत मुद्धा फर्छयौट भई सकेको जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले जनाकारी दिए  ।

९६ थानमा मात्र पर्छयौट गर्न बाँकी रहेको जानकारी दिदै उहाँले ति  पनि जति सक्दो छिटो पर्छयौट गरिने बताउनु भयो ।  पर्छयौट मुद्धा मध्ये १ बर्ष नाघेका मुद्धा न्युन रहेको, ६ महिना देखि १ वर्ष  भित्रको २३ थान पर्छयौट गरिएको र अन्य ७३ थान मुद्धा ६ महिना भित्रमै पर्छयौट गरिएको जानकारी उहाँले दिनु भयो ।  पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले मुद्धाहरुका सम्वन्धमा राखेका जिज्ञाषा जिल्ला न्यायधिष कोईरालाले मेटाएका थिए ।

श्रेस्तेदार श्याम विहारी मौर्य भन्छन् –‘सामन्य प्रकृतिका मुद्धाहरु समेत बढ्दै जानुले अदालत प्रति जनआश्था बढेको अपेक्षा गरेका छौ र त्यो अपेक्षा पुरा गर्नका लागि आदालतले घर दैलो कार्यक्रम समेत गर्दै हिडेका छौं ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!