बागलुङकी युवतीमा कारोना भाइरस संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमित संख्या ५ पुग्यो

Posted on: 28 Mar, 2020

चैत १५, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ५ पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५ पुगेको हो । 

 युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा शनिबार संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमण देखिएकी बागलुङकी  युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’विमानबाट नेपाल आएकी थिइन् । 


यसअघि संक्रमण देखिएका मध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने एक जना निको भएर घर गइसकेकी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!