चैत २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

Posted on: 29 Mar, 2020

चैत १६, काठमाडौं । सरकारले लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिन लकडाउन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री र संचारमन्त्री डा. युवराज खतिवडाले  जानकारी दिए । 


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन अर्थात चैत २५ गते मध्यराति १२ बजेसम्म थप्ने निर्णय गरेको खतिवडाले जानकारी दिए । 

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन थपिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!