स्टाफ नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

Posted on: 31 Mar, 2020

चैत १८, घोराही । घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ । 

केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दैआएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका  २ का वडा सचिव नारायण आचार्यलाई आज जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ गरेको हो । 

स्टाफ नर्स सिर्जना खड्कालाई उहाँका घरबेटी आचार्यले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालेपपछि उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!