गरिब मजदुरलाई राहत वितरणमा सिडिओको रोक

Posted on: 03 Apr, 2020


पर्वत । पर्वतमा लकडाउनको समयमा  भोकमरीमा कोही गरिब मजदुर भोकै बस्न र मर्न नपरोस भनेर जिल्लामा विभिन्न संघसंस्थाले राहत वितरण थालेको बेलामा जिल्ला प्रशासनले त्यसलाई रोक लगाएको छ ।

जिल्ला प्रशासन पर्वतले राहत वितरण गर्ने तयारीमा रहेको पर्वत मिलन क्लब सहित अन्य संघसंस्थालाई माथिको आदेश भन्दै राहत वितरणमा रोक लगाएको हो ।

पर्वतका प्रमूख जिल्ला अधिकारी  कल्पना घिमिरे नेपालले एकद्वार प्रणालीबाट स्थानीय तहले राहत वितरण गर्ने भएका कारण संघसंस्थाले राहत वितरण गर्नु आवश्यक नरहेको भन्दै रोक लगाएको छ । यद्यपी संघसंस्थाले सहयोग वा राहत स्थानीय तहलाई हस्तान्तरण भने गर्न सक्नेछन् ।

राहत वितरणको बेला भीडभाड बढि हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भएका कारण यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!