मलेसियामा सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डहरु कोरोनाको उच्च जोखिममा

Posted on: 05 Apr, 2020

चैत २३, मलेसिया | मलेसियामा सुरक्षार्थ खटिएका सुरक्षागार्डहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउदै आएका छ्न । 

मलेसिया सरकारले जारी गरेको मुभमेण्ट कन्ट्रोल अडर ( MCO) मा समेत आफुहरु सुरक्षाका लागि पुरै महिना खटिनुपर्ने भएको हुँदा आफूहरु उच्च जोखिममा रहेको विभिन्न सेकुरेटी कम्पनीमा कार्यरत नेपाली सेक्युरिटी गार्डहरुले बताएका हुन् ।


मलेसियाका विभिन्न हस्पिटलहरुमा जो अहिले कोरोना सङ्क्रमित परिक्षण तथा सङ्क्रमित उपचाररत छ्न् त्यहाँ सुरक्षार्थ खटिएका गार्ड, स्विपरहरु न्युनतम सेफ्टी प्रयोग गरि काम गरिरहन परेको बताउदै आएका छन् ।

मलेसियामा ठूला तथा साना प्राय सबै सेक्युरिटी कम्पनीका सुरक्षार्थ क्षेत्रमा खटिएका सुरक्षागार्डहरुले मलेसियामा अहिलेसम्म काम गर्दै आइरहनु परेको र प्रत्यक्ष-अप्रत्यक्ष थुप्रै मानिससँग सम्पर्क तथा चेक जाँच गरिराख्नुपर्ने स्थिति रहेको बताएका छन् । उनीहरुले आफूहरु साधारण सेफ्टीको भरमा काममा खटिएको बताउँदै उच्च सतर्क भएर काम गरिरहेको बताएका छन् ।

- प्रदिप राई/विप्लवी तेन्जु योन्जन (मलेसिया) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!