म्यानपावर व्यवसायीद्वारा 'कोभिड-१९ लाई धन्यवाद !'

Posted on: 05 Apr, 2020

चैत २३, काठमाडौँ | वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले केहि घण्टा अघि पोष्ट गरेको फेसबुक स्टाटसमा उल्लेख छ '१०० जना कामदार विदेश नपठाए लाइसेन्स नवीकरण नहुने ऐनको व्यवस्था हटाउन सहयोगको लागि कोभिड-१९ लाई धन्यवाद ।' 

मन्त्रीपरिषदले स्वीकृति दिएको राहत प्याकेज अनुसार म्यानपावर कम्पनीले वर्षमा एक सय कामदार पठाउनै पर्ने बाध्यकारी व्यवस्था हटाउने प्रस्ताव भएको छ । जसमा उल्लेख छ 'वैदेशिक रोजगारमा १०० जना कामदार नपठाएकै कारणबाट इजाजतपत्रवाला संस्थाहरु खारेजी हुने हालको व्यवस्थालाई हटाउन बैदेशिक रोजगार ऐन २०६४ मा संसोधन प्रक्रिया अगाडी बढाउने ।' यसै बिषयलाई उल्लेख गर्दै अध्यक्ष गुरुङले फेसबुकमा पोष्ट गरेका हुन् । 

म्यानपावर व्यवसायीहरुलाई न्युनतम २ करोडको धरौटी संगै बर्षेनी कम्तिमा १०० जना कामदार पठाउनैपर्ने बाध्यकारी व्यवस्था हाल विद्यमान ऐनमा छ । उक्त ऐन सच्याउने प्रस्तावसंगै साना म्यानपावर व्यवसायीहरुलाई राहत हुने भएको छ । अब उक्त ऐन संसोधन भएमा वर्षमा एक सयभन्दा कम कामदार पठाउने म्यानपावर समेतको लाइसेन्स नवीकरण हुनेछ । 

आइतबार बिहानैदेखि म्यानपावरमा आवद्ध व्यवसायी तथा त्यसमा चासो राख्नेहरुले मन्त्रीपरिषदले स्वीकृति दिएको राहत प्याकेजको एक अंशलाई स्क्रिनसट गरि फेसबुकमा पोष्ट गर्दै खुसि व्यक्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!