संखुवासभा र भोजपुरका सञ्चारकर्मीलाई प्रशिक्षण

Posted on: 18 Jul, 2016


योगेन्द्रकुमार जोगी/साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जलविद्युत् विकास परियोजना विषयक दुई दिने पत्रकारिता गोष्ठी सुरु भएको छ । 

पत्रकारलाई  विकास पत्रकारितामा सहयोग पु¥याउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन गरिएको हो । लगानी बोर्डको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा जलविद्युत्लगायत अन्य क्षेत्रमा लगानी बोर्डको उद्देश्य, अर्थतन्त्रका प्रमुख क्षेत्र, वातावरण प्रभाव मूल्याङ्कन, विद्युतीय व्यापारलगायतका विषयवस्तुमाथि छलफल केन्द्रित रहेको छ । 

कार्यक्रममा कानुन आयोगका अध्यक्ष एबंम पूब सञ्चारमन्त्री  माधव पौडेलले लगानी बोर्डको उद्देश्य र नीति नियमका बारेमा प्रष्ट पारे । यसैगरी वातवारणीय प्रभावका बारेमा वातावरणविद् सूर्यमान शाक्यले प्रकाश पारेका थिए । 

कार्यक्रममा अन्तर्राष्ट्रिय कानुन विज्ञ रफ टेलर, लगानी बोर्डका परामर्श दाता प्रेम खनाल, आशिष ज्ञवालीलगायतलेसहजीकरण गरेका थिए  । गोष्ठीमा संखुवासभा  र भोजपुरका सञ्चारकर्मीको

सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!