लकडाउनले छोएन चैतली मेलालाई, हजारौको भिँड

Posted on: 07 Apr, 2020

सम्राट सिंह | चैत २५, बझाङ | जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा २४ गतेबाट संचालन हुने बान्निकी चैतली मेलालाई लकडाउनले छोएको छैन । बिश्वभर कोरोना भाइरस ( कोभिड १९) को महामारी फैलिरहेको बेला पनि चैतली मेला भने हजारौको भिँडभाँड सहित धुमधाम सँग मनाइरहेको पाइएको हो ।

यसरी लकडाउनको बेवास्ता गरी हजारौँको भिँडभाडमा मेला मनाउँदा कोरोना भाइरस ( कोभिड १९) फैलिने डर जिल्लाबासीमा छाएको छ । रोजगारीका लागि भारत गएका धेरै मानिसहरु लुकीछिपी गाउँमा फर्किसकेका छन । भारतबाट फर्केका केहि मानिसहरु क्वारेन्टाइनमा बसेका भएपनि केहि मानिसहरु खुलेयाम बजारतिर हिँडिरहेका छन ।


महामारीसँगै सरकारले बैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको भएपनि एउटा पौराणिक र धार्मिक रहस्य बोकेको बान्निकी चैतली मेला मनाउन गाउँ गाउँबाट भक्तजनहरु आएपछि हजारौको भिँडभाडमा भव्य रुपमा बान्निकी चैतली मेला मनाएको स्थानियहरुले बताएका छन । 

नेपालमा कोरोना भाइरसका ९ जना संक्रमित भेटिएपछि सरकारले एक स्थानिय तहबाट अर्को स्थानिय तहमा आवतजावतमा समेत रोक लगाएको बेला भिँडभाँड सहित हजारौको संख्यामा बान्निकी चैतली मेला भव्य रुपमा संचालन गरेर स्थानिय तहले सरकारको निर्देशनको अटेरी गरेको स्थानिय आसिस सिंहले बताए । सानो लार्पबाहिले गर्दा कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भन्दै सबैले सचेत रहनुपर्ने उनको भनाइ छ । 

सदरमुकाम चैनपुरमा प्रहरीले माइकिङ गरी अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन सर्बसाधारणलाई अनुरोध गरिरहेका बेला गाउँमा भने लकडाउनको कुनै प्रभाव परेको देखिदैन ।

यसरी बिश्वमा महामारी फैलिरहेको बेला हजारौको संख्यामा उपस्थित गराएर मेला मनाउँदा समेत यहाँका सरोकारवालाहरु मुकदर्शक बनेका छन ।  यसरी सरकारको निर्देसनको अटेरी गरे जिल्लामा पनि महामारी रुप नलेला भन्न सकिन्न । 

कोरोना भाइरसका कारण विश्वमा महामारी फैलिरहेको बेला मेला नबनाउन स्थानिय तहमा पत्राचार गर्दासमेत मेला मनाएको प्रमुख जिल्ला अधिकारी उमेस पाण्डेयले बताए । उनले कोरोना भाइरसबाट बच्न सबै नागरिकहरुले आफै सचेत हुनुपर्ने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!