दश हजार लिटर सेनिटाइजर हस्तान्तरण

Posted on: 10 Apr, 2020

चैत २८, काठमाडौँ | सरकारलाई सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका सदस्य कर्मा घलेले सो परिणाममा सेनिटाइजर हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा मन्त्री ढकालले उक्त सेनिटाइजर सङ्घीय सरकारलाई तीन हजार लिटर र सात प्रदेशलाई एक हजार लिटरका दरले वितरण गर्ने जानकारी गराउनुभयो । उक्त सेनिटाइजर करिब रु एक करोड मूल्यबराबरको रहेको छ ।  मन्त्री ढकालले सेनिटाइजर अभाव भइरहेको बेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेको भन्दै सहयोगका लागि धन्यवाद दिनुभयो । 

सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलब्ध गराएको बताउनुभयो । औषधि व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेका हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!