धौलागिरि अञ्चल अस्पतालमा आयो तीन भेन्टिलेटर

Posted on: 11 Apr, 2020

चैत २९, गलकोट । स्वास्थ्य तथा मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सहज पु¥याउनका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई  तीन भेन्टिलेटर पठाएको छ । दुई जनामा कोरोना संक्रमित पुष्टि भएको बागलुङ नेपालकै उच्च जोखिम भएको जिल्लामा पर्छ । 

 कोरोना संक्रमितलाई अहिले आइसोलेशन वार्डमा राखी उपचार गराइरहेको अञ्चल अस्पताललाई स्वास्थ्य मन्त्रालयले दुई र गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले एक थान भेन्टिलेटर उपलब्ध गराएको अस्पतालले जनाएको छ । 

कोभिड–१९ का बिरामीलाई श्वासप्रश्वासमा समस्या हुँदा तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने भए पनि हालसम्म अस्पतालमा भेन्टिलेटर थिएनन् ।

स्वास्थ्य सेवा विभागका वरिष्ठ ल्याब टेक्निसियन धनप्रसाद पौडेलले दुई आधुनिक भेन्टिलेटर मन्त्रालयका तर्फबाट अस्पताललाई हस्तान्तरण गर्नुभएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!