सरकारकाबारेमा कुरै नगरौं, आफै सचेत बनौं– जोशी (भिडियोसहित)

Posted on: 14 Apr, 2020


पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइसरबाट बच्नको लागि आफै सचेत हुनुपर्ने बताएका छन् । 

कोरोना भाइसबाट बच्ने उपाय भनेकै समाजिक दुरी कायम गर्नु नै अहिलेको अचुक उपाय भएको उनले बताए । विश्वमै नयाँ प्रकारको रोग भएको र महामारि फैलाएको कोरोनाको कुनै औषधी बनि नसकेका कारण र एक ्रव्यक्तिबाट अर्को व्यक्तिमा सहज रुपमा फैलिने भएकोलो सामाजिक दुरी नै अहिलेको लागि औषधी सहर सावित भएको भन्दै सबैले लकडाउनको पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेता जोशीले विश्वका महाशक्ति राष्ट्र र बैज्ञानिकहरुले समेत कोरोनाको बारेमा पूरै अध्ययन र औषधी बनाउन असफल बनिरहेको बेलामा सरकारको मुख ताकेर बस्न नहुने बताए ।्

सरकारले कोरोना संक्रमणको परीक्षको दायरा व्यापक बनाउनु पर्नेमा उनले जोड दिए । विश्व स्वास्थ्य संगठनले प्रमाणित नगरेको ¥यापिड टेष्टबाट परीक्षण गरेर संक्रमणबारेमा शतप्रतिशत विश्वास गर्न नसिकने बताउँदै उनले सरकारले आवश्यक उपकरण छिटो खरिद गरी उपचारलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।


कोरोना परीक्षणको लागि आवश्यक पर्ने किट र उपकरण खरिदमा भएको अनियमितताको बारेमा बोल्दै नेता जोशीले संकटका बेलामा पनि लुट्न खोज्ने सरकारबाट धेरै अपेक्षा नगरि आफै सचेत र सजग हुनुपर्नेमा जोड दिएका छन् ।

नेता जोशीले लकडाउनको पालना गर्दै गर्दा कुनै नागरिक, गरीब मजदुरको दैनिकमा समस्या परे आफूलाई फोन गर्न समेत आग्रह गरेका छन् । उनले आफूले कुनै पनि बेला अवाश्यक सहयोग गर्ने बताउँदै आफू सदैव जिल्लाबासीको सेवामा समर्पित रहेको बताएका छन् ।

चुनावको बेलामा विकासे नारा लगाउने र करोडौको योजनाको कथा सुनाउनेहरुले अहिले महामारीको बेलामा कोरोना भाइरसबाट बच्नको लागि जिल्लामा भेन्टिलेटर र आवश्यक समाग्रीको प्रर्वद्धन गर्न नसकेको प्रति उनले गुनासो गरे ।

महामारीको बेला जिल्लाबासीलाई संक्रमण हुन नदिनको लागि र भइहाले उपचारको लागि आवश्यक प्रव्र्रद्धन हुन नसक्नु दुखद भएको बताए । उनले  विपदका बेला राजनीतिक कुराभन्दा पनि उत्तरदायित्व बहन गर्न सबै लाग्नुपर्नेमा पनि जोड दिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!