हङकङ–तेह्रथुम मञ्चको अध्यक्षमा खापुङ निर्वाचित

Posted on: 18 Jul, 2016

प्रकाश धौलाकोटी, साउन ३, तेह्रथुम । हङकङ–तेह्रथुम मञ्चको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा देवेन्द्र खापुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

मञ्चको उपाध्यक्षमा शमसेर तुम्बाहाम्फे, गंगा माबो र राहूल ईम्सङ, सचिवमा केशव तुम्बाहाम्फे, सह–सचिवमा मीना खापुङ, कोषाध्यक्षमा सुरेन तिगेला र सह–कोषाध्यक्षमा प्रकाश तुम्बाहाम्फे रहनुभएको छ । 

यस्तै सदस्यहरुमा रुद्र फोम्बो, विनोद ईङ्नाम, कला तुम्बाहाम्फे, दोर्ण निंलेकू, प्रताप तिलिङ्, रुपा तिलिङ्, सन्त सागर फोम्बो र याम तिगेला रहनुभएको छ । जोर्डनस्थित याक एन्ड यति रेस्टुरेण्टमा आयोजित मञ्चको अधिवेशन कांग्रेस केन्द्रिय सदस्य तथा तेह्रथुमकी सांसद सीता गुरुङको समेत आतिथ्यता रहेको थियो ।  

पार्टीको विशेष काम तथा भ्रमणका क्रममा हङकङ पुग्नुभएकीसांसद गुरुङले हङकङमा रहेर पनि जन्मथलोको विकासमा निरन्तर क्रियाशील मञ्चका पदाधिकारी तथा सदस्यहरुलाई अझै सक्रिय बन्न सुझाव दिनुभयो । उहाँले लिम्बुवानी संस्कृती, ईतिहास र पहिचानको संरक्षण तथा सम्वर्द्धनको निम्ति तेह्रथुमको सक्रान्तिबजारमा लिम्वुवानी संग्रालय निर्माणको थालनी भएको बताउनुभयो । सांसद गुरुङले संग्रहालयकालागि सरकारले ५० लाख विनियोजन गरेको सुनाउँदा किराँत याक्थुङ चुम्लुङ हङकङ परिवार हर्षित भएका थिए ।

मञ्चका अध्यक्ष श्याम ईङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, दिल फोम्बो, कलाकार डिल्ली फोम्बो, किराँत याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुङ्फुङवा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

मञ्चले हङकङमा कार्यरत नेपालीहरुको सहयोगमा तेह्रथुम जिल्लाको सामाजिक विकासमा सहयोग पुर्याउने कार्य गर्दै आएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!