नेपालमा आज एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको शंख्या ३० पुग्यो

Posted on: 17 Apr, 2020

वैशाख ५, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई जना गरि १४ जनामा पिसिआर टेस्टमै कोरोना संक्रमण भेटिएको हो । 

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु भारतीय नागरिक भएको स्रोतले बताएको छ । मस्जिदमा लुकेर बसेका उनीहरुलाई नियन्त्रणमा लिएर कोरोना परीक्षण गरिएको हो। हाल उनीहरुलाई कोशी अस्पतालको आइसोलेसनमा पठाइने भएको छ । 

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । तर यसको थप एकिनको लागि काठमाडौँको प्रयोगशालामा परीक्षण हुनेछ । थप पुष्टिका लागि उनीहरुको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!