पश्चिम नवलपरासीमा आगलागीबाट एक घर पुर्ण रूपमा नस्ट

Posted on: 18 Apr, 2020

श्याम थापा | वैशाख ६, सुस्ता | पश्चिम नवलपरासी सुस्ता गाउँपालिका पक्लिहवाको रामनगरमा एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको छ । गएराती करिब १२ बजे तिर एक्कासि स्लाम मियाको खरले छाएको फुसको घरमा आगो लाग्दा घर पुर्ण रूपमा नस्ट भएको रामनगर प्रहरी चौकी पक्लिहवाले जनाएको छ । 

मियाको घरमा आगो लाएर खाद्यान्न, लत्ताकपडा, एक मोटरसाइकल, ४ वटा बाख्रा, बिधुतिय सामग्री, आवश्यक कागजात र नगद रकम ५ हजार जलेर नस्ट भएको छ भने करिब ३ लाख ५० हजार बराबरको क्षति भएको रामनगर प्रहरी चौकी पक्लिहवाले जानकारी दिएको छ । 

मियाको घरमा लागेको आगोलाई स्थानीय र प्रहरी चौकी रामनगरको प्रयासमा नियन्त्रणमा लिन सफल भएको हो । घरमा आगो लागेर खाने कुराहरु जलेर नस्ट भएपछि घटना स्थलमा पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले गाउँपालिकाबाट एक बोरा चामल सहित खाद्यान्न सामग्री र घर निर्माणका लागि २० थान जस्तापाता पीडित रायलाई सहयोग गरेका छ्न् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!