पर्वतमा ३ सय ११ को परीक्षण, सवैको रिपोर्ट नेगेटिभ

Posted on: 19 Apr, 2020


महेन्द्र केसी÷पर्वत । भारतलगायतका मुलुकबाट जिल्ला भित्रिएका नागरिकहरुको पर्वतमा ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट  ३ सय ११ जनाको परीक्षण गरिएको छ । जिल्लाका ७ वटै स्थानीय तहमा विभिन्न देशबाट आएका सवैको परीक्षण गरिएको हो ।

सातै स्थानीय तहहरुमा भित्रिएका ३ सय ११ जना मध्ये अस्थायी कोरोना अस्पतालमा भर्ना भएका १० जना, स्वाबद्धारा परीक्षण गरिएका ६८ जना र आरडिटी टेष्टद्धारा २ सय ४३ जनाको परीक्षण गरिएको जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शिशिर देवकोटाले जानकारी दिएका छन् ।

लकडाउनपछि जिल्लामा भित्रिएकाहरुको तथ्याङक संकलनका लागि स्थानीय तहहरु सक्रिय बनेका छन् । वडातहमा नै समिति तयार गरि वडास्तरबाटै अन्यन्त्रबाट भित्रिएकाहरुको खोजीकार्य जारी राखिएको छ ।

लकडाउनपछि कुश्मामा ३६, फलेवासमा २१२, मोदीमा १६, जलजलामा २१, विहादीमा६०, पैयूमा १८, महाशिलामा ५ जना भित्रिएका थिए । अहिलेसम्म भारतबाट १७१ जना, साउदी अरबबाट ९७, दुवैबाट ३८ र अन्य खाडी मुलुकबाट भित्रिएको जिल्ला प्रशासनले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!