राष्ट्रिय वनमा काठ काट्ने पक्राउ

Posted on: 21 Apr, 2020

वैशाख ९, तुलसीपुर | राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल रहेको देउखुरी डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत देवी चौधरीले जानकारी दिनुभयो । 

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम भएका बेला लकडाउनका अवस्थामा चोरी गर्ने क्रम बढेको सहायक वन अधिकृत चौधरीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!