काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना

Posted on: 22 Apr, 2020

वैशाख १०, काठमाडौं । काठमाडौंबाट मजदुर बोकेर दोलखातर्फ जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन बढी घाइते भएका छन् । 

लामो समयको लकडाउनका कारण काठमाडौँमा समस्या परेका मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो । ३९ जना सवार रहेको उक्त बस दुर्घटनामा परि ३ जनाको अवस्था गम्भीर छ । एक जना गम्भीर घाइतेलाई काठमाडौंकोस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ । बाँकी घाइतेहरुलाई भने तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचारका लागि पठाइएको छ । केहि भने सामान्य रहेकाले डिस्चार्ज भईसकेका छन् । 

गुडिरहेको बस ब्रेक फेल भएका कारण सडकको साइडमा रहेको नालामा खसेको थियो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!