सदरमुकाममा अस्तव्यस्त रहेका लाईफ ज्याकेट जिल्ला दैबिक प्रकोप उद्धार समीतीलाई हस्तान्तरण

Posted on: 19 Jul, 2016

ललित बोहरा/साउन ४, डडेल्धुरा । दैविय प्रकोपमा परेकालाई उद्दारका लागी भनी ल्याईएका लाईफ ज्याकेट डडेल्धुरा सदरमुकाम बागबजार स्थित एक घरको कुनामा अस्तव्यस्त रुपमा थुपारिएका भने समाचार रेडीयो अमरगढीले प्रशारण गरे पछी केयर र एन.एन.डि.एस.डब्लु.ओ.ले आज बिहानै जिल्ला दैबिक प्रकोप उद्धार समीतीलाई हस्तातरण गरेको छ । 

केयर र एन.एन.डि.एस.डब्लु.ओ. को लोगो छाप देखिने ४० बढी लाईफ जगेट घरको कुनामा अस्तव्यस्त रुपमा रहेका थिए । लाईफ जगेटमा पुर्व तयारी एवं क्षमता अभिबृद्धि तथा विपद व्यवस्थापन समुदाएको समृद्धी लेखिएको छ । जगेट भने घरको एक कुनामा मुसाले खाने गरी अस्त व्यस्त रुपमा राखिएको थियो । 

बर्षातको समयमा हुने विभिन्न दैवि प्रकोममा परेकालाई उद्दार गर्ने भनि डडेल्धुरामा विभिन्न गैर सरकारी संघ संस्थाले योजना बनाए पनि त्यो कागजमा मात्रै सिमित हुने गरेको यसले प्रष्ट पारेको छ । विभिन्न दातृ निकायबाट आउने सहयोगलाई गैर सरकारी संस्थाले कागजी प्रक्रिया पु¥याई कर्मचारीले सदरमुकाममा नारा लगाउने गरेका छन । 

उद्दार सामाग्रीको एक अतिआवश्यक लाईफ जगेट बर्षाै देखि घरको कुनामा अस्तव्यस्त रुपमा थन्कीनुले गैरसरकारी संघ संस्थाको समाज प्रतिको जिम्मेवारी आफै दर्शाएको छ । बाढी पहिरोमा परि हजारौ नागरिकको ज्यान गाईरहेको यो बर्षातको समयमा डडेल्धुरा सदरमुकामको एक घरको कुनामा लाईफ जगेट अस्तव्यस्त रुपमा थन्किदा समेत जिम्मेवार संघ संस्थाले कुनै जिम्मेवारी बहन गरेको थिएन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!