दुर्घटनामा एकको मृत्यु

Posted on: 27 Apr, 2020

वैशाख १५, दाङ | दाङमा ट्रयाक्टर दुर्घटना हुँदा आज एक युवकको मृत्यु भएको छ । लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको स्थानमा पुर्याउने क्रममा कोइलाबास सडकखण्डको लमही –५ मा सो दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो ।  चौधरी सोही ट्रयाक्टरमा काम गर्ने श्रमिक भएको प्रहरीले जनाएको छ । 

रातभर पानी परेकाले बाटामा चिप्लिएर दुर्घटना भएको थियो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!