गरिब, मजदुरलाई खाद्यन्न वितरण

Posted on: 01 May, 2020


पर्वत । राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविकापार्जनका लागि खाद्यन्न वितरण गरेको हो ।

कुश्माबजारमा रहेका ज्यालामजदुरी गर्ने दुई दर्जनभन्दा बढीलाई चामाल,दाल, तेल, नून वितरण गरेको हो । युवा संघ पर्वतले मुस्लिम समुदायमा रहेका विपन्न परिवार, जिल्लाबाहिरका पर्वतमा मजदुरी गरेर खाने मजदुरलाई खाद्यन्न वितरण गरेको हो ।

नमूना आवसिय माविको सहयोगमा युवासंघले जिल्लामा रहेका बास्तविक पीडितहरुको पहिचान गरी खाद्यन्न वितरण गरेको युवासंघका अर्जुन पौडेल निर्जनले बताए ।

ज्यालादारी गर्नेहरुको घरमा लकडाउनका कारण चुलो नबलेको खबर पाएपछि विद्यालयले सहयोग गरेको नमूना आमाविका संचालक यामप्रसाद शर्माले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!