नेपालमा संक्रमितको शंख्या ७५ पुग्यो, आइतबार मात्र १६ संक्रमित भेटिए

Posted on: 03 May, 2020

वैशाख २१, काठमाडौँ | नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै आइतबार मात्र बाँकेको नेपालगंजमा कोरोना संक्रमितको शंख्या १५ पुगेको छ । 

पछिल्ला ६ जना संक्रमितहरु भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।  

यसअघि आइतबार नै नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको थियो । यो सहित नेपालमा संक्रमितको संख्या ७५ जना पुगेको जनाएको छ ।

आजनै एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा कोरोना संक्रमित हुनेहरुमा ७ महिला र ७ जना पुरुष रहेका छन् । 

हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

हालसम्म नेपालमा कोरोना संक्रमण हुने महिलाको शंख्या १६ जना छ भने ५९ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको अवस्था छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!