पेन्सन बुझन बैकमा भीड

Posted on: 04 May, 2020

पर्वत । कोवीड १९  संक्रमण बाट रोक्न  सरकारले लक डाउनलाई कडाई गर्ने निर्देशन जारी गरेको भएपनि  पर्वत सदरमुकामका बैंकहरुमा यो नियम पालना हुन सकेको छैन । 

बैंकहरुमा   पछिल्लो समय सामाजीक सुरक्षा भक्ता लिने र  पेन्सन लिनेको भिड बढ्न थालेको हो । लकडाउनको समयमा पनि बैंकले दैनिक २ घण्टा सेवा दिन थालेपछि बैकमा  पेन्सन लिनेहरुको भीड लाग्न थालेको हो ।

कुश्मा नगर पालिकामा विभिन्न वडाका  असक्त अपाङ्ग तथा एकल महीला तथा जेष्ठ नागरीकहरु   जिल्ला सदरमुकामका बैंकहरुम भिड लाग्ने गरेका हुन । 

भरतीय तथा नेपाली पुर्वकर्मचारीहरुले पेन्सन लिनको लागि पनि बैंकमा  गाउँ गाउँ देखी आउने हरुको भीड बढेको हो । 

बैकले एटिए काउण्टरमा सेनिटाइजर नराखेको पाइएको छ । जिल्लाका अधिकांश वैकहरुले एटिएममा  सेनिटाइजरको व्यवस्था गर्न सकेका छैनन । एटिम खुला भएपनि सोही अनुसारको कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्नको लागि कुनै पहल नगरेको देखिएको छ । जिल्लामा डेढ दर्जन बैक रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!