दाईको घरमा आगो लगाएर फरार भएका एक व्यक्ति प्रहरीको नियन्त्रणमा

Posted on: 08 May, 2020

श्याम थापा | वैशाख २६, सुस्ता | पश्चिम् नवलपरासी सुस्ता गाउँपालिका नरसहीको श्रीरामपुरमा २ घरमा आगो लागेर घर पुर्ण रुपमा नस्ट भएको छ । 

बुधबार राती करिब ८ बजे तिर कन्हैया चमार र मुराली चमार दाजुभाइको घरायसी झगडा भई कान्छो भाई मुराली चमारले दाई कन्हैया चमारको घरमा आगो लगाई फरार भएको थियो ।

मुरालीले लगाएको कन्हैयाको घरमा आगोलाई स्थानीय र प्रहरीले नियन्त्रण लिन खोज्दा-खोज्दै सङै जोडिएको आमाको घर पनि जलेर नस्ट भएको हो ।

श्रीरामपुरका कन्हैया चमार र उनको आमा झिमिया चमारको खरले छाएको २ घर आगोले पुर्ण रुपमा नस्ट भएको स्थानीय समाजसेवी मनोज सिंहले जनाएको छ ।

कन्हैया चमारको घरमा आगो लागेर ५० के.जि चामल, ५० के.जि गेहुँ खाद्द्न्न, लत्ताकपडा, बिधुतिय सामाग्री र नगद रकम २०,००० जलेर नस्ट भएको छ भने उनको आमाकोमा ३० के.जि चामल, ३० के.जि गेहुँ खाद्द्न्न, लत्ताकपडा, आवश्यक कागजात जलेर भएको नस्ट छ । कन्हैया चमार को करिब ८०,००० को क्षति भएको छ भने झिमिया चमारको करिब ५२,००० बराबरको क्षती भएको छ।

सुस्ता ४ नर्सहीको श्रीरामपुर बस्ने बर्ष २१ को मुराली चमारले दाइ कन्हैयाको घरमा आगो लगाई फरार भएको थियो भने फरार भएको मुराली चमारलाई बैषाख २५ गते करिब ८ बजे श्रीरामपुर गाउँबाट पक्राउ परेको नर्सही प्रहरी चौकीका ईन्चार्ज बिनोद महोतोले जानकारि दिएका छन ।

द्वेय चमारको घरमा लगाएको आगोलाई स्थानीय र प्रहरी चौकी नर्सहिको प्रयासमा नियन्त्रणमा लिन सफल भएको हो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!