सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

Posted on: 08 May, 2020

वैशाख २६, काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । 

विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।


महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार, सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरुले प्रहरीलाई ढुंगामुढा गरेको पोखरेलको भनाइ छ ।

त्यसक्रममा ३३ जनै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


माथिका तश्वीरहरुमा :  लकडाउनका कारण पैसा सकिएर समस्यामा परेका चिनियाँ पर्यटक प्लेकार्डसहित सिहंदरबार अगाडि आफ्नो देश फर्कन माग गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!