आज मात्र थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणले छोयो १६ जिल्ला

Posted on: 11 May, 2020

वैशाख २९, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । 

यो संगै आजमात्र कोरोना संक्रमित हुनेको शंख्या २४ पुगेको छ । आज विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

आज मात्र २४ नयाँ संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित ३३ जना निको भएर घर फर्किसकेका छन् । 

कुन जिल्लामा कति संक्रमित भेटिए ? 

उदयपुर: ३२ जना संक्रमित (१४ जना निको भएका) 

पर्सा: २५ जना संक्रमित (३ जना निको भएका) 

बाँके :२४ जना संक्रमित

कपिलवस्तु :२१ जना संक्रमित 

रुपन्देही : ७ जना संक्रमित

काठमाडौं: ५ जना संक्रमित (५ जना निको भएका) 

कैलाली: ४ जना संक्रमित (४ जना निको भएका) 

रौतहट: ३ जना संक्रमित (१ जना निको भएका) 

बाग्लुङ: २ जना संक्रमित (२ जना निको भएका) 

बारा: २ जना संक्रमित

चितवन: २ जना संक्रमित (१ जना निको भएका) 

झापा: २ जना संक्रमित (१ जना निको भएका) 

बर्दिया: १ जना संक्रमित 

भोजपुर: १ जना संक्रमित (१ जना निको भएका) 

धनुषा: १ जना संक्रमित 

कञ्चनपुर: १ जना संक्रमित (१ जना निको भएका) 

सप्तरी: १ जना संक्रमित 

यस बिषयमा तपाइको प्रतिक्रिया...!