नेपालमा कोरोना संक्रमणः पहिलो सय पुग्न १०६ दिन, दोस्रो सय पुग्न ५ दिन

Posted on: 13 May, 2020

वैशाख ३१, काठमाडौँ | नेपालमा कोरोना भाइरस फैलने दर तीव्र रुपमा बढेको छ । मंगलबार मात्र नेपालमा ८३ जना कोरोना संक्रमित भेटिएका हुन् । 

पहिलो सय संक्रमित भेटिन १ सय ६ दिन लागेको नेपालमा दास्रो सय पुग्न ५ दिनमात्रै लागेको हो । 

गतवर्ष माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलो चोटी कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको १०६ दिनसम्ममा अर्थात वैशाख २५ गतेसम्ममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर त्यसको ५ दिनमै मंगालबारसम्ममा कोरोना संक्रमितको शंख्या ११६ जना थपिएका छन् । 


सय संक्रमित पुगेको ५ दिनमै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१७ पुगेको छ । त्यसमा पनि कोरोना संक्रमितहरुको फैलने शंख्या समेत बढेको छ । बैशाख २५ सम्ममा १५ जिल्लामा कोरोना संक्रमित भेटिएकोमा अहिले ५ जिल्ला थपिएर २० जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । 

पछिल्लो समय देशभर परीक्षण दायरा बढाएसँगै नेपालमा संक्रमितको शंख्या पनि थपिएको हो । सरकारले लामो समयसम्म लकडाउन गर्दा पनि सिमानाकाबाट संक्रमितहरुको प्रवेश हुने क्रम नरोकिएको, भारतबाट अत्यावश्यक सामान बोकेर छिर्ने मालवाहक गाडीमा आएका चालक तथा सह-चालकहरुको निगरानी तथा व्यवस्थापन नभएको, सिमाबाट छिर्ने मालवाहक सवारीहरुका कारण कोरोनाको उच्च जोखिम रहेको लागायत कारणले नेपालमा कोरोना संक्रमण बढीरहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!