काठमाडौंमा फेरी थपिए कोरोना संक्रमित, संक्रमितको संख्या २४५ पुग्यो

Posted on: 14 May, 2020

जेठ १, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका  ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बिहीबार बिहान जानकारी दिए ।

उनका अनुसार दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने चन्दा्रगिरीकी महिलालाई टेकुको आइसोलेशनमा राखिएको छ भने कपिलवस्तुका बालिकालाई पनि अस्ताल लैजाने तयारी भएको छ । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!