काठमाडौं सहित तीन जिल्लाका ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४९ पुग्यो

Posted on: 14 May, 2020

जेठ १, काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!