थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

Posted on: 15 May, 2020

जेठ २, काठमाडौँ  । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पचाल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँकेका १८,२०, २२ ,२५, २५, २७, ३२, ३६ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । यो सँगै नैपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!