नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, दाङमा पनि भेटिए संक्रमित

Posted on: 15 May, 2020

जेठ २, काठमाडौं ।  नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

थपिएका संक्रमितमा दाङका तीन जना छन् । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् । दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । 

यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!