मागअनुसार पावाली सिरूपाते खुकुरी उत्पादन भएन

Posted on: 20 Jul, 2016


योगेन्द्रकुमार जोगी/साउन ५, संखुवासभा । संखुवासभाको बाह्रबिसेमा निर्माण हुने पावाली सिरूपाते खुकुरीको मागअनुसार उत्पादन हुन सकेको छैन ।

गाउँका युवाहरु विदेश पलायनहुने क्रम बढेपछि कुखुरीको उत्पादन घटेको स्थानीय बताउँछन् । गाउँका केही युवाले मात्रै परम्परा धानिरहेका छन् । यो क्षेत्रमा उत्पादन भएको कुखुरीको माग अत्यधिक छ । स्थानीय राजेन्द्र विकका अनुसार एउटा खुकुरीको मूल्य ५ देखि १० हजार रुपैयाँ पर्छ । 

गुणस्तरीय र आकर्षक भएकालेखुकुरीको माग बढेको उनको भनाइ छ । उनले खुकुरीबाटै ५ लाख रुपैयाँ आम्दानी गर्ने गरेकोसुनाए । “गाउँका युवा सबै विदेश गए,” उनी भन्छन्, “केहीले उत्पादन गरिरहेका छन् तर बजारको मागलाई धान्न सकेको छैन ।” 

संखुवासभा उत्पादन हुने खुकुरी पूर्वका साथै भारतको दार्जे्लिङ, विदेशमा पनि जाने गरेकोछ । खुकुरीको माग बढेसँगै ग्राहकहरु घरमै आएर किन्ने गरेका छन् । यहाँको यो पुख्र्यौलीपेशा हो । पेशालाई बचाउँदै आर्थिक आर्जन गर्न पनिखुकुरीले बल पुगेको अर्का व्यवसायी कुमार विकको भनाइ छ । 

यो पेशालाई राम्रोसँग संचालनगर्नसके कमाई पनि हुने स्थानीय पत्रकार टंक विकको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!