धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोनाभाइरस पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

Posted on: 16 May, 2020

जेठ ३, काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्मल डेलिभरी भएको जानकारी दिए । 

उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए । 

तर निको हुनुको साटो उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि धुलीखेल अस्पतालमा उपचारका लागि जाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी आएको डा देवकोटाले बताए । 

यससम्बन्धमा मन्त्रालयले विस्तृत विवरण लिइरहेको भन्दै कोरोनासम्बन्धी रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले आधिकारिक जानकारी निक्योलका साथ दिने देवकोटाले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!