बाँकेमा ४७ सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि, ३५७ पुगे संक्रमित

Posted on: 18 May, 2020

जेठ ५, काठमाडौं । बाँके जिल्लामा ४७ सहित थप ५३ जनामा जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ५३ जनामा नयाँ संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

थपिएका ५७ संगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३५७ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालको प्रयोगशालमा बाँकेका ४६ जना पुरुष र १ जना महिला, विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालमा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, रौतहटका एकजना, दाङका एकजना र धादिङका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेसँगै मोरङ, गुल्मी, रौतहट, दाङमा थपिएका छन् । डा. देवकोटाका अनुसार ४ सय २६ जना संक्रमित तथा आशंका गरिएका व्यक्तिहरु देशभरका विभिन्न आइसोलेसनमा राखिएको छ ।  गत २४ घण्टामा २ हजार ५ सय ५८ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ३० हजार ७२३ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको डा देवकोटाले बताए ।

यस्तै आरडीटी विधिबाट हालसम्म ६९ हजार ५ सय ६० जनाको परीक्षण भएको छ भने गत २४ घण्टामा १ हजार ७ सय ९१ वटा नमूना परीक्षण भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको ज्यान गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!