थप २७ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा पनि भेटिए संक्रमित

Posted on: 19 May, 2020

जेठ ६, काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार थपिएकामा २४ जना पुरुष र ३ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं उपत्यकामा ५ जना थपिएका छन् । काठमाडौंमा ३, ललितपुर र भक्तपुरमा १/१ जना रहेका छन् । हालसम्म संक्रमतिको संख्या ४०२ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!