तरकारी बोक्ने गाडीमा काठमाडौं आएका थिए मकवानपुरका संक्रमित

Posted on: 20 May, 2020

जेठ ७, काठमाडौं । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ देउरालीका एकजना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा मकवानपुरको एकजनामा संक्रमण पुष्टि भएको भनिएका व्यक्ति टिष्टुङकै भएको थाहा भएको छ । 

ति संक्रमित व्यक्तिले काठमाडौंमा मार्बल ढुवानी गर्ने सवारी चलाउने गरेका थिए । उनि लकडाउन शुरु भएलगत्तै ११ चैतमा घर फर्केका थिए । तर उनी फेरी २७ वैशाखमा स्थानीय तरकारी बोक्ने गाडीमा पुनः काठमाडौं आएका थिए । 

उनि संक्रमित भेटिएपछि उनको परिवारको स्वाव परीक्षणको क्रममा छ । उनको गाउँमा सानो पसल पनि छ । पसलमा श्रीमती बस्थिन् । 

किराना सामान र चिया समेत बेच्ने उक्त पसल लकडाउनकै समयमा पनि सन्चालन हुँदै आएको स्थानीयहरुले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!