स्पेनले जुलाईदेखि विदेशी पर्यटक आवागमनमा अनुमति दिने

Posted on: 23 May, 2020

जेठ १०, काठमाडौँ | विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले शनिबार भन्नुभयो, कोरोनाभाइरसका कारण मार्च महिनाको मध्यदेखि बन्द अवस्थामा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूलाई आगामी जुलाईदेखि खुला गरिनेछ ।

प्रधानमन्त्री साञ्चेजले शनिबार पत्रकार सम्ममेलन गरी घोषणा गर्नुभयो, “सरकारले जुलाईदेखि विदेशी पर्यटकलाई सुरक्षा सावधानी अपनाएर स्पेन भ्रमणका लागि अनुमति दिने तयारी भइसकेको छ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!