नेपाल कोरोना जोखिमको १२८ औं मुलूक, सर्वाधिक परीक्षण गर्ने देशको सूचीमा ६६ औं (डाटा सहित)

Posted on: 25 May, 2020

जेठ १२, काठमाडौँ | विश्वमा आधा करोड भन्दा बढी मानिस कोरोना संक्रमित छन् । पछिल्लो अपडेट अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ५४ लाख ९२ हजार ६०७ रहेका छन् । जसमध्ये ३ लाख ४६ हजार ४१६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमित मध्ये २२ लाख ९९ हजार २३६ जना निको भएका छन् ।  

विश्वमा कोरोना संक्रमित भई मृत्यु हुनेको प्रतिशत ६.३ प्रतिशत रहेको छ । यसको मतलव कोरोना संक्रमित भई हरेक १०० जनामा ६ जनाको मृत्यु भएको अवस्था छ । कोरोना संक्रमित भई अझैपनि २८ लाख भन्दा बढी उपचारको क्रममा रहेका कारण कोरोनाको कारण मृत्यु हुनेको प्रतिशत हेरफेर हुन सक्छ । हालसम्म कोरोना संक्रमण बिरुद्ध औषधि पत्ता नलागेको कारण अधिकांश देशहरुमा सामाजिक दुरीलाई कायम गर्न लकडाउन गरिएको छ । अत्यावश्यक बाहेक सेवाहरु बन्द छन् । 

यसैबीच नेपाल कोरोना संक्रमित देशहरुको सूचीमा १२८ नम्बरमा रहेको छ । हालसम्म नेपालमा ६०३ जना कोरोना संक्रमित भेटिएका छन् । त्यसमध्ये ३ जनाको मृत्यु भएको छ भने ८७ जना कोरोना संक्रमित निको भएका छन् । सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा अमेरिका रहेको छ जहाँ १६ लाख ८५ हजार ३६३ जना संक्रमित फेला परेका छन् । त्यस्तै दोश्रो स्थानमा रहेको ब्राजिलमा ३ लाख ६३ हजार ६१८ जना संक्रमित रहेका छन् । त्यस्तै तेश्रो नम्बरमा रहेको रसियामा कोरोना संक्रमितको संख्या ३ लाख ४४ हजार ४८१ जना रहेका छन् । 

नेपालमा हालसम्म कोरोना र आरडीटि परीक्षणलाई जोड्दा १ लाख ३८ हजार ८४१ कोरोना परीक्षण गरेको छ । यो परीक्षणको संख्यालाई हेर्दा नेपाल विश्वको कोरोना परीक्षण सूचीमा ६६ औं स्थानमा रहेको छ । पहिलो नम्बरमा रहेको अमेरिकाले हालसम्म १ करोड ४७ लाख २८ हजार ९८ परीक्षण गरेको अवस्था छ । त्यस्तै दोश्रो नम्बरमा रसियाले ८६ लाख ८५ हजार ३०५ कोरोना परीक्षण गरेको छ । तेश्रो स्थानमा परीक्षण  गर्ने मुलुकको रुपमा जर्मन रहेको छ जसले ३५ लाख ९५ हजार ५९ परीक्षण गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार नेपालमा कोरोना संक्रमण भएको थाहा भई अस्पताल बसाईको कुल दिन १९ दिन रहेको छ । हालसम्म ६०३ संक्रमित पत्ता लागेको अवस्थामा संक्रमित पुरुषको संख्या ५२४ जना र महिलाको संख्या ७९ जना रहेको छ । जसमध्ये ८७ जना निको भएका छन्, जसमा पुरुषको संख्या ६८ जना रहेको छ भने १९ जना महिला कोरोना मुक्त भएका छन् । उमेर अनुसार नेपालमा सबैभन्दा बढी संक्रमित २१ देखि ३० बर्ष उमेरका रहेका छन् । 

नेपालमा उमेर अनुसार संक्रमितको संख्या:

०-१० बर्षका: १७ जना 

११-२० बर्षका: ११६ जना 

 २१-३० बर्षका: २२१ जना 

३१-४० बर्षका: १४९ जना 

४१-५० बर्षका: ५७ जना 

५१-६० बर्षका: २४ जना 

६१-७० बर्षका: १४ जना 

७१-८० बर्षका: ४ जना 

८१ बर्षदेखि माथिका: १ जना 

कुन प्रदेशमा कति संक्रमित ? (जिल्ला अनुसार डाटा) 

प्रदेश १:

उदयपुर: ३३ जना 

खोटाङ: १ जना 

झापा: ३५ जना 

धनकुटा: ७ जना

भोजपुर: १ जना 

सुनसरी: ३ जना

मोरङ: ६ जना  

कुल संक्रमित (८६ जना) 

प्रदेश २:

धनुषा: ९ जना 

पर्सा: ९४ जना 

बारा: १२ जना

महोत्तरी: ३ जना

रौतहट: २३ जना

सप्तरी: २ जना

सर्लाही: ३५ जना

सिराहा: १ जना  

कुल संक्रमित (१७९ जना) 

बागमती प्रदेश:

काठमाडौँ: १२ जना

चितवन: ६ जना

काभ्रेपलान्चोक: १ जना

धादिङ: ३ जना

नुवाकोट: १ जना

भक्तपुर: ४ जना

मकवानपुर: ३ जना

रामेछाप: १ जना

ललितपुर: १ जना

सिन्धुपाल्चोक: १ जना

सिन्धुली: १ जना

कुल संक्रमित (३४ जना) 

गण्डकी प्रदेश: 

नवलपुर: २ जना

लमजुङ: १ जना

बागलुङ: २ जना

कुल संक्रमित (५ जना) 

प्रदेश ५: 

कपिलवस्तु: ८० जना

परासी: ६ जना

बर्दिया: ३ जना

बाँके: १४२ जना

रुपन्देही: ४३ जना

दाङ: ५ जना

गुल्मी: २ जना

कुल संक्रमित (२८१ जना) 

कर्णाली प्रदेश:

दैलेख: १ जना

सुर्खेत: ३ जना

कुल संक्रमित (४ जना) 

सुदुरपश्चिम प्रदेश:

कंचनपुर: १ जना

कैलाली: ७ जना

डडेल्धुरा: १ जना

बैतडी: ५ जना

कुल संक्रमित (१४ जना) 

डाटा स्रोत: Nepal Government & worldometers.info

यस बिषयमा तपाइको प्रतिक्रिया...!