काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ बस्छन् संक्रमित ?

Posted on: 25 May, 2020

जेठ १२, काठमाडौं । सोमबार थपिएका थप ७२ जना नयाँ कोरोना संक्रमित मध्ये ३ जना काठमाडौंका रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं टोखा र बुढानिलकण्ठका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तैगरी धनुषा, कपिलवस्तु, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, र दैलेखमा पनि नयाँ संक्रमित भेटिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा नगराइन नपरगापालिका ३ जना पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ३ जना पुरुष, काठमाडौं टोखा र बुढानिलकण्ठका ३ जना पुरुष, बारा कलैया कोटवालीका २ जना पुरुष र रौतहट २६ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्ती डाक्नेश्वरी नगरपालिकाका २ जना पुरुषमा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बर्दिया बाँसगढीका १ जना र बाँकेका ४ जनामा कोरोना देखिएको हो भने किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारामा गडीमाईमा २१ जना पुरुषमा कोरोना देखिएको हो ।

त्यसैगरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका र ढुंगेश्वर गाउँपालिकिाका एक जना महिलासहित ५ जनामा कोरोना पुष्टि भएको छ भने प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै गुँरास गाउँपालिकामा २ जना पुरुषमा कोरोना देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ६७५ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!