हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

Posted on: 26 May, 2020

जेठ १४, झापा | दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो ।

मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो । हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ । 

घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत साता कचनकबलमा जङ्गलमा निगुरो टिप्न जाँदा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!