सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि, भारतबाट आएका थिए सबै संक्रमित

Posted on: 26 May, 2020

जेठ १३, काठमाडौं। सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति मार्फत जानकारी दिएको

हो ।

महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित सुर्खेतका वीरेन्द्रनगर–१ का १६ वर्षीय पुरुष, वीरेन्द्रनगर–२ का ९ वर्षीय बालक, २०, ३२, ३६ वर्षीय पुरुषहरु र ३२ वर्षीया महिला छन् । यस्तै वीरेन्द्रनगर–३ का ४६ वर्षीय पुरुष र वीरेन्द्रनगर–६ का २६ वर्षीय पुरुष छन् ।

यस्तै भेरीगंगा–८ का १६ र ७ वर्षीय पुरुष र सिम्ताका ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको प्रदेश सरकारले जनाएको छ । नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन् । उनीहरुलाई कर्णाली  प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!