बागलुङको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना देखियो

Posted on: 27 May, 2020

जेठ १४, बागलुङ | हालसालैमात्र भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो । 

संक्रमित ६ जनाको स्वास्थ्य अवस्था सामान्य छ । भारतबाट फर्किएका बागलुङको पश्चिम भेगका उनीहरु सुनौली नाका हुँदै बाग्लुङ पुगेका थिए । 

बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण देखिएको छ । 

संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ । बागलुङमा पछिल्लो समय करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । 

यसअघिका दुई संक्रमित निको भएर घर फर्किएको लामो समयपछि बागलुङमा नयाँ संक्रमित फेला परेका हुन् । यो सहित बाग्लुङमा संक्रमितको संख्या आठ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!